अर्घाखाँची।अर्घाखाँचीका एकजना कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ। अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नं. १२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा आज मंगलबार बिहान मृत्यु भएको हो।
सवारी दुर्घटनामा घाइते भएका उनलाई कोरोना देखिएपछि भैरहवा हुँदै बाँकेको कोहलपुरमा रहेको मेडिकल कलेजमा उपचार गर्न ल्याइएको थियो। मृतक टिप्पर चालक हुन्।युनिभर्सल मेडिकल कलेज भैरहवामा भदौ ४ गते भर्ना भएका ४२ वर्षीय पुरुषको भोलिपल्ट कोरोना पोजिटिभ रिपोर्ट आएको थियो। थप उपचारका लागि ११ गते मेडिकल कलेज कोहलपुरमा ल्याइएको थियो।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, सिभियर निमोनिया रहेका ४२ वर्षीयको आज विहान ९.२० बजे मृत्यु भएको छ।
बाहिरी जिल्लाबाट उपचार गराउन बाँकेमा आउँदा मृत्यु हुने कोरोना संक्रमितको संख्या तीन पुगेको छ। यसअघि कैलाली र अछामबाट आएका बिरामीको मृत्यु भएको थियो।