रुपन्देहीमा थपिए ४१ जनामा संक्रमण

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा सोमबार ४१ जना नयां कारोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार ६ जना महिला र ३५ जना पुरुषमा कारोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा १८ जना, ओमसतिया गाँउपापलकामा १६ जना, बुटवल उपमहानगरमा ४ जना तथा सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेबी गाँउपालिकामा १।१ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएसँगै रुपन्देहीमा १३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ६५३ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

 
 
  
 

You may also like