आजको मौसम : यी हुन् आज भारी वर्षाको पूर्वानुमान गरिएका प्रदेश

by समतल अनलाइन

काठमाडौँ। मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशका विभिन्न ४ प्रदेशमा सामान्य वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आजै दिउँसो देशभरको मौसम सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो र राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा भारी वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

भारी वर्षा हुने क्षेत्रमा आगामी २४ घण्टासम्म सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

 
 
  
 

You may also like