रुपन्देहीमा ३२ जना कोरोना संक्रमण पुष्टि

by समतल अनलाइन

बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा १३ महिला र १९ पुरुषमा संक्रमण पुष्टि भएको छ ।विभिन्न प्रयोगशालाबाट आएका रिर्पोटअनुसार आइतबार दिउसो साढे ४ बजेसम्म रुपन्देहीका ४ पालिका क्षेत्रका व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बुटवल उपमहानगरमा ९ जना महिला र १४ जना पुरुष गरी आज २३ जनामा संक्रमण पुष्टि भएको छ भने तिलोत्तमा नगरपालिकामा २ जना महिला र २ जना पुरुष गरी ४ जना, त्यस्तै सैनामैना नगरपालिमामा २ जना महिला र २ जना पुरुष गरी ४ जना र रोहिणी गाउपालिकामा १ जनपुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्लामा आज थपिएसँगै संक्रमितहरुको संख्या १२८८ पुगेको छ । त्यस्तै रुपन्देहीमा निको भएर घर फर्किनेको संख्या ६४५ रहेको छ ।
६२९ जनाले बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।रुपन्देहीमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

 
 
  
 

You may also like