बुटवल । रुपन्देहीमा पछिल्लो २४ घन्टामा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्ये ३० जना महिला र ४३ जना पुरुष रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।बुटवल उपमहानगरपालिकामा ३२ जना कोरोना संक्रमित थपिएका छन् । बुटवल उपमहानगरपालिका १९ वटा वडामा गरी हालसम्म ३३४ संक्रमित देखिएका छन् । ८२ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । २५२ जना संक्रमित उपचारकै क्रममा रहेका छन् ।
बुटवलपछि सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा थपिएकाछन् । तिलोत्तममामा नगरपालिकामा १० जना महिला र १० जना पुरुष थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यसै गरि रोहिणी गाउँपालिकामा ७ महिला र ८ पुरुष थपिएका छन् । रोहिणीमा थपिएका संक्रमित एकैघरका हुन् । वडा नं. ३ को चैनपुरवाका ७३ वर्षीय पुरुषको मृत्युसंस्कारमा सहभागीहरुलाई कोरोना संक्रमण भएको हो । मृत्यु पछि अन्तिम संस्कारसम्म नजिकै रहेका ७३ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख रामनेवास चौधरीले जानकारी दिएका छन् ।
यसैगरी, सिद्धार्थनगर नगरपालिकामा २ महिला र ३ पुरुष गरी ५ जना थपिएका छन् भने देवदहमा १ महिला थपिएका छन् । यस्तै, सियारी गाउँपालिकामा १ जना पुरुष थपिएका छन् ।रुपन्देहीमा हालसम्म संक्रमितको संख्या १०७४ पुगेको छ । जसमध्ये १० जनाको मृत्यु भएको छ भने ४३५ जना निको भएर घर फर्किसकेका छन् । ६२६ जना सक्रिय संक्रमित उपचारकै क्रममा रहेका छन् ।