फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

by समतल अनलाइन

काठमाडौं।नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएको हो।यो मूल्य बढेपछि काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने भएको छ।

डिजेल, मट्टितेल, हवाई ईन्धन तथा एल.पि.ग्यासको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ।नयाँ समायोजन गरिएको मूल्य विरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर ३२ रुपैयाँ २६ पैसा र डिजेलमा प्रति लिटर ३६ रुपैयाँ ७५ पैसाले नेपाल तर्फ सस्तो रहेको निगमले जानकारी दिएको छ।

निगमद्वारा जारी विज्ञप्ति

 
 
  
 

You may also like