लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

by समतल अनलाइन

बुटबल।लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत अर्की १ जना संक्रमित महिलाको मृत्यु भएको छ ।अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको हो ।

साउन २६ गते संक्रमण पुष्टि भएकी उनको घरमा आइसोलेसनमै बसेर उपचार जारी थियो । घरमा उपचारका क्रममा स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि साउन ३१ गते धागो कारखानास्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । ४ दिन अघिदेखि भेन्टिलेटरमा राखेर उनको उपचार जारी थियो ।

उनलाई प्लाज्मा दिएर बुधवारसम्म सुधार भइरहेकोमा रातिदेखि स्वास्थ्य अवस्था बिग्रेको थियो । उनलाई बिहीवार पनि थप प्लाज्मा दिने तयारी थियो ।संक्रमित महिलामा उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।

 
 
  
 

You may also like