पश्चिम नवलपरासीको सीमा नाकामा विशेष कडाई

by समतल अनलाइन

पश्चिम नवलपरासी। नेपालमा नोवेल कोरोना भाईरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा पश्चिम नवलपरासी जिल्लामा समेत संक्रमण बढदै गईरहेकोले यसको नियन्त्रणमा जिल्ला स्थित सुरक्षा निकायहरुले संक्रमणलाई न्युनिकरण, रोकथाम तथा नियन्त्रणका लागि सचेत र सजग भई प्रभावकारी भुमिका निर्वाह गरिरहेका छन । सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. पश्चिम नवलपरासी बेलासपुरले उल्लेखनिय भुमिका निर्वाह गर्दै आमजनमानसमा शान्ति सुरक्षाको प्रत्यभूति दिलाउनु प्रमुख जिम्मेवारी मान्दै २४ सै घण्टा सीमा सुरक्षा तथा निगरानीमा अहोरात्र खटिरहेको छ। नेपाल भारत सीमा ईलाका अन्तर्गत जम्मा २७.५ कि.मि. दुरीमा २४ सै घण्टा सीमानामा स्थायी तथा अस्थायी पोष्ट लगायत पाल (टेन्ट) टाँगेर सशस्त्र प्रहरी अहोरात्र खटिरहेका छन । सशस्त्र प्रहरी कर्मचारीहरु बिषम परिस्थितिमा सिमित स्रोत साधनको उपलब्धताको बावजुद पनि प्रभावकारी ढंगले नागरिक सुरक्षामा खटिएका छन।
कोभिड -१९ को महामारी शुरु भए देखि पश्चिम नवलपरासी स्थित सशस्त्र प्रहरी गणले जिम्मेवारी क्षेत्रको सीमानामा ३० वटा भन्दा बढी पोष्ट तथा पाल ब्यवस्थापन गरी ३५० भन्दा बढी जनशक्तिलाई परिचालन गरिरहेको छ ।उक्त परिचालन पश्चात सीमामा हुने अवैध सामान ओसार पोसारलाई पूर्ण रुपमा निस्तेज एंव नियन्त्रण गर्न सफल भएको छ ।जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीबाट जारी निषेधाज्ञा पश्चात जिल्लाको विभिन्न स्थान लगायत बोर्डरमा आवत जावतलाई पुर्णरुपमा निषेध गरिएको छ ।
सीमानामा सुरक्षाको प्रत्याभूति र कोभिड-१९ को रोकथाममा सशस्त्र प्रहरीले खेलेको भूमिकालाई स्थानिय जनताले समेत प्रशंशा गरेका छन । सीमामा सशस्त्र प्रहरीको बाक्लो उपस्थितीले सीमामा हुने चोरी तस्करी लगायत अपराधिक क्रियाकलापमा समेत कमि भएको छ ।

 
 
  
 

You may also like