बुटवलको कोरोना अस्पतालमा थप एक कोरोना संक्रमित जनाको मृत्यु

by समतल अनलाइन

बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ । भदौ ५ गते अस्पतालमा भर्ना भएका कपिलवस्तु–१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति १०ः४५ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले जानकारी दिए । ‘भर्ना भएको अर्को दिनबाटै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो,’ उनले भने, बिरामीलाई उच्च रक्तचाप, मधुमेह र मिर्गौलामा समस्या थियो ।’

यसअघि मृतकलाई मुटु अस्पतालमा राखी डायलसिस गरिराखिएको र कोरोना संक्रमण पुिष्ट भएपछि कोरोना विशेष अस्पतालमा राखी उपचार गरिएको थापाले बताए ।

 
 
  
 

You may also like