कोरोनाबाट बाँकेमा थप एक जनाको मृत्यु

by समतल अनलाइन

बाँके । कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप एक जनाको ज्यान गएको छ ।बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति मृत्यु भएको बाँके स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् । नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएका ती पुरुषको दुवै फोक्सोमा निमोनिया देखिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

छातीमा समस्या भएपछि उनलाई यही भदौ ८ गते अस्पताल भर्ना गरिएको थियो । उनमा ९ गते कोरोना पुष्टि भएको थियो । योसहित बाँकेमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

 
 
  
 

You may also like