बागलुङमा पहिरोले घर पुरिँदा एक किशोरीको मृत्यु

९ भाद्र २०७७, मंगलवार

बागलुङ । अविरल बर्षापछिको पहिरोले घर पुर्दा बागलुङमा एक युवतीको मृत्यु भएको छ ।बागलुङको ढोरपाटन नगरपालिका २ अर्नाकस्थित कली परियारको १९ वर्षीया छोरी पुजाको ज्यान गएको प्रहरीले जनाएको छ ।

घरमा सुतिरहेका बेला राति १२ बजेतिर खसेको पहिरोले घर पुरिँदा उनको ज्यान गएको वडा अध्यक्ष युवराज महतले जानकारी दिए ।

परियारका घरका अन्य सदस्य भने अर्कै घरमा सुतेका कारण ज्यान जोगिएको महतले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया