अभिनेत्री नीता ढुंगानाको स्वरमा ‘श्री गणेश भजन’ सार्वजनिक ( भिडियो )

by समतल अनलाइन

आफ्नो अभिनयले सबैको मन जितेकी अभिनेत्री नीता ढुंगाना अब गायिका पनि बनेकी छन् । उनको आवाजमा रहेको पहिलो भजन ‘श्री सिद्धीविनायक मन्त्र र आरती– बक्रतुण्ड’ शनिबार सार्वजनिक गरिएको छ । गणेश भगवानको भजन भएकोले उनले गणेश चतुर्थीकै दिन भजन सार्वजनिक गरेकी हुन् ।

दिनेश न्यौपानेको संगीत र एरेञ्ज रहेको सार्वजनिक भजनको मिक्सिङ, मास्टरिङ र रेकर्डिङ गर्ने काम भोला पौडेलले गरेका हुन् ।पुरानो गणेश भजनलाई नयाँ रुप दिएकी नीताले यसको शब्दको लागि युट्युबबाट ‘गणेश मन्त्र’को आधिकारिक राइट लिएकी हुन् ।
भिडियो :

 
 
  
 

You may also like