बेल्जियमको सानदार जित

by समतल अनलाइन

काठमाडौँ, २४ भदौ । गएराति भएको युरो कप छनोट खेलमा बेल्जियमले स्कटल्याण्डलाई ४-० गोलले पराजित गरेको छ ।

उत्कृष्ट खेल प्रदर्शन गरेको बेल्जियमले पहिलो हाफमै तीन गोलको अग्रता बनाएको थियो ।

खेलको ९ औँ मिनेटमा रोमेलु लुकाकुले गोल गरे ।

थोमस वर्मालेनले २४ औ मिनेटमा गोल गरे ।

त्यस्तै टोबी एल्डरविरेल्डले ३२ औ मिनेटमा गोल गरे ।

पहिलो हाफमा नै तीन गोलले पछि परेको स्कटल्याण्डले दोस्रो हाफमा पनि कमव्याक गर्न सकेन । खेलको ८२ औँ मिनेटमा ब्रुयनाले गोल गरे ।

बेल्जियमले शतप्रतिशत जित निकाल्दै ६ खेलबाट १८ अंक जोडेको छ । स्कटल्याण्डको ५ खेलबाट ६ अंक छ ।

 
 
  
 

You may also like