72
माधब ज्ञवाली
गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउपालिकाले सोमवार पुन; बजार अनुगमन गरेको छ। गुल्मीको बलेटक्सार ३० र रिडीमा ३४ गरि ६४ पसलमा अनुगमन गरिएको जनाइएको छ । । अनुगमनको क्रममा औषधि ,किराना सामाग्री ,पेय पदार्थ , रङ रोगनका सामाग्री लगायत म्याद गुज्रिएका थुप्रै सामाग्री अनुगमन टोलिले जफद गरेको छ। बेच्न राखिएको खाने पानी समेत म्याद गुज्रिएको पाइएको छ ।
एक होटलमा पिउने पानी माग्दा अनुगमन टोलिलाई नै म्याद गुज्रिएको पिउने पानी (मिनिरल वाटर) दिएपछी अनुगमन टोलिले म्याद नागेको पानी समेत जफद गरेको छ।
अनुगमन गर्नेहरुलाई नै म्याद नागेको दिएपछी अरुलाई नदिने कुरामा त आफुहरुले कुनै सङ्का गर्ने ठाउँ नरहेको उनिहरुको भनाई रहेको छ। टोलिले एकपटकलाई सम्झाईबुझाई गरि छोडिदिएको छ भने अब पनि यस्तै समस्या देखिए कारबाही गरिने बताएको छ।