कोशी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

मोरङ । सोमबार साँझ मोरङको विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मोरङको कटहरी गाउँपालिका १ घर भई विराटनगर-८ मधुमारामा बस्ने ४७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । आइतबार कोरानोसँग मिल्दोजुल्दो लक्षण ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

उनको भर्ना भएलगतै स्वाब संकलन गरी परीक्षण गरिएको थियो । सोमबार बिहान मात्र उनको पोजेटिभ रिपोर्ट आएको थियो ।

योसँगै मोरङमा कोरोनाबाट मृत्यु हुने संख्या ११ पुगेको छ ।

 
 
  
 

You may also like