डा.शिव लाल भुसाल
नेपाल कृषिप्रधान देश हो । यो राष्ट्र क्षेत्रफलको हिसाबमा सानो छ तर यहाँ बिभिन्न जात र भेषभूषाका मानिसहरुको बसोबास रहेको छ। यहा तीन वटा भौगोलिक क्षेत्र रहेका छन् तराई पहाड र हिमाल । साक्षरता ६७९१५ प्रतिशत रहेको छ । पहिला १४ अन्चल र ७५ जिल्ला रहेको हाम्रो नेपालमा अहिले संघियतामा गएपछि देशको द्रुत गतिमा विकासको लागि ७ प्रदेश, ७७ / जिल्ला र ७५३ स्थानिय तह रहेका छन् । केन्द्रिय तहमा प्रमुख रुपमा नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले प्रतिनिधित्व गरेका छन् ।
विभिन्न विचारधारा भएका राजनैतिक दलले प्रतिनिधित्व गरेपनि सबैको उद्देश्य देश विकास गर्नु नै रहेको छ । देशमा राणाकाल हुँदै पन्चायत, बहुदलीय ब्यवस्था हुँदै अहिले संघीय गणतन्त्र आएको छ ।जतिसुकै राजनैतिक ब्यवस्थाको परिवर्तन भएतापनि देश जनताको अपेक्षा अनुसार विकास हुन सकेको छैन् ।कुनै राजनैतिक दलले चुनाव जितेपछि काम गर्दा अरु राजनैतिक दलले विरोध गर्नु स्वभाविक जस्तो नै भएको छ।सञ्चार माध्यमः टेलिभिजन, एफ एम, पत्रिका आदि हेर्ने हो भने त भएका सकरात्मक परिवर्तनको नेतृत्व आफ्नो पार्टीले र नकरात्मक परिवर्तन अरु पार्टीले गर्ने गरेको भनि दोष लगाउने राजनितिज्ञको पनि कमी देखिँदैन् ।सोझा अनपढ जनताले जसको अन्तर्बार्ता हेरे उसैको पक्ष लिन्छन् र अरुको बिरोध गर्न थाल्छन् ।तर तितो सत्य भन्नुपर्छ, कतिपय अवस्थामा समाजमा रहेका दुई परिवार बीच पनि पक्ष बिपक्ष हुँदा बोलचाल बन्द हुने अवस्था आउँछ ।हिजोआज कतिपय मानिसहरु भन्ने गर्छन्, यो पार्टीले गरेन उ पार्टीले कुनै राम्रो गरेन रु आखिर, कुन चाहिँ राजनैतिक दलले देश विकास गर्यो त रु आफू अनुकूलको राजनैतिक पार्टीले मात्र देश विकास गर्ने, तर आफू अनुकूलको राजनैतिक पार्टीले जित्न सकेन भने देश नै अविकासित ठान्ने । मैले यो पार्टी र त्यो पार्टी भन्दिन तर हामी कतिपय नेपालीहरुको धेरै बर्ष अघिदेखि चल्दै आएको बानी हो । यो कस्तो चिन्तन हो रु हो, सही मार्गमा नहिडे सही मार्गमा हिड्न मार्गनिर्देशन गर्नु हामी सबैको कर्तब्य हो । अरे बा, ठीकलाई ठीक र बेठिकलाई बेठीक भन्न त सक्नुपर्यो नि, कस्तो किसिमको शिक्षा हासिल गर्नुभयो, जसले आफ्नाले गरेको सबै ठीक र अर्काले गरेको सबै बेठीक । कुन किताबले सिकाउँछ सहीलाई गलत भन्नु अनि गलतलाई सही भन्नु भनेर !
एकपटक दिमागलाई एकोहोरो बनाएर सोच्नुहोस् त, तपाई हामीले चुनेका ब्यक्ति पदमा पुगेका हुन कि होइनन् रु ठीकै छ, तपाईले चुनेको होइन होला, तपाईको साथीले चुनेको होइन होला, तपाईको आफन्तजनले चुन्नु भएको पनि होइन होला, तर तपाईले बिरोध गरिराख्नु भएको ब्यक्ति धेरै मानिसको रोजाइमा परेर त्यो पदमा पुग्नु भएहोला । यसमा त तपाई सहमत हुनुहुन्छ नि । हामी आफै राजनैतिक ब्यक्तिको चयन गर्छौ अनि फेरि हामी भएन, उहाँ असक्षम हुनुहुन्छ भन्छौँ । वास्तवमा एकपटक छातीमा हात राखेर सोच्नुहोस् त, जित्ने ब्यक्ति असक्षम कि जिताउने ब्यक्ति असक्षम चुनावमा अरुलाई पनि जिताउने बिकल्प तपाईसंग थियो तर प्रयोग गर्नुभएन । यो हाम्रो नै कमजोरी हो ।
आफ्नो कमजोरी सहर्ष स्वीकार गर्न नसक्ने अनि अरुलाई दोष दिने । फेरि यो पनि मान्छेको स्वभाव हो कि कसैप्रति चित्त नबुझाउने आज एकथरी कुरा गर्ने र एउटालाई सहयोग गरेझै गर्ने भोलि फेरि केही स्वार्थ पाएमा उसको खुट्टा तानेर अर्कालाई सहयोग गर्ने । समाज परिबर्तन भइरहँदा, कतिपय अवसरवादी त जसले जित्यो उसैको पक्षमा बोल्ने गर्छन् । बोल्ने पनि यसरी कि मानौँ त्यो जमानादेखि उसैलाई जिताउन लडेको थियो । यसमा यो काम ठीक छ, यो काम बेठीक छ भन्ने होइन, मात्र हेरिन्छ स्वार्थ । कतिपय सार्बजनिक पदमा बसेकालाई पद जोगाउने स्वार्थ हुन्छ वा आफू अनुकूल सरुवाको स्वार्थ हुन्छ भने निजी क्षेत्रमा रहेका केहीलाई ब्यापार ब्यवसाय बढाएर कसरी चाँडै दुई चार पैसा कमाउ भन्ने हुन्छ । हामी नेपालीको बानी नै अचम्मको छ कि हामी आफू पनि काम गर्दैनौ र अरुले काम गरेको देख्दा खुट्टा तान्छौँ वा जिस्काउँछौ । अहिले पनि कृषि पेशालाई उपेक्षाको दृष्टिकोणले हेरिन्छ । मानौँ कृषि पेशा, पढेलेखेकाले गर्नैहुदैन् । गोबर घाँस भन्ने पढेलेखेकाको पेशानै होइन् । यही सिकाइले नै हाम्रा पढेलेखेका नयाँ पुस्ता बिदेशतिर कामको खोजीमा होमिन बाध्य हुन्छन् र त्यहाँ गएर जस्तोसुकै काम गर्न पनि तयार हुन्छन् । यहाँ समाजले कामको स्तर हेरि गर्ने ब्यवहारले गर्दा बिदेशमा गएर काम गर्ने तयार भएका हुन् । तर वास्तविकता पढेलेखेकाले कृषि पेशा गरेमा छोटो समयमा अझ राम्रो प्रतिफल पाउन मद्धत पुग्दछ ।कृषि उत्पादन बृद्भि भइ देश विकास तर्फ अगाडि बढद्छ ।
अझै पनि हाम्रो समाजमा पढेलेखेकाले त जागिर खाने हो भनेर सिकाइन्छ यस्ता काम त नपढेकाले पो गर्ने हो भनेर अर्ति उपदेश दिने तमाम भेटिन्छन् । कृषिमा मात्र होइन ब्यापारमा पनि त्यस्तै छ । साइकलमा ब्यापार गरेर हिड्नेलाई कतिपय समाजले तिमी भनेर सम्बोधन गर्छ । उसलाई आदर दिइन्न । ठूला ठूला होटल रेष्टुरेन्टमा गएर सेवाबापत आफै स्व ईच्छाले अतिरिक्त पैसा दिने ब्यक्ति साइकल र ठेलागाडामा ब्यापार गर्नेसंग दुई रुपैया घटाउन पनि मरिहत्ते गर्छ । यो बास्तवमा सङ्कीर्ण सोचको उपज हो ।
बी. ए, समाजशास्त्र त्रि. वि०, बि. भि. एस् सी. एण्ड एच. त्रि. वि.,
एम् भी एस् सी पशु चिकित्साशास्त्र ९कृषि तथा वन बिज्ञान विश्वविधालय.
हालः पशु क्वारेन्टाइन चेकपोष्ट बेलहियामा क्वारेन्टाइन अधिकृतको रुपमा कार्यरत ।