रुपन्देहीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या क्रमश रुपमा बढ्दो रुपमा छ । आज आइताबार रुपन्देहीमा थप २६ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या ४ सय ६४ पुगेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आइतबार बेलुका ५ बजेसम्म रुपन्देहीका ६ पालिकाका २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका फोकल पर्सन केदारनाथ साहले जानकारी दिए ।उनका अनुसार बुटवल उपमहानगरपालिका ४ जना, सिद्धार्थनगरका ८ जना, तिलोत्तमाका ७, सियारीका ३, ओमसतियाका १ र मायादेवीका ३ जनामा संक्रमण देखिएको छ ।

आइतबार बढेका संक्रमितसहित रुपन्देहीको पालिका स्तरमा लुम्बिनी सांस्कृतिक नगरपलिकामा ६१, तिलोत्तमा नगरपालिका ५७, बुटवल उपमहानगरपालिकामा ६२ संक्रमित पुगेका छन् ।

यसैगरी, सैनामैनामा ४३, सिद्धार्थनगरमा ५६, सम्मरीमाईमा २७, गैडहवामा २६, कोटहीमाईमा २६, कञ्चनमा २४ संक्रमित पुष्टि भएको छ ।

यस्तै, मायादेवीमा २०, देवदहमा १७, मर्चवारीमा १५, रोहिणीमा ८, शुद्धोधनमा ८, सियारीमा १०, ओमसतियामा २ र रुपन्देही बस्ने ठेगाना नखुलेको १ जनामा संक्रमण देखिएको छ ।संक्रमण देखिएसँगै रुपन्देहीका धेरै पालिकाहरुले स्थानीयस्तरमा निषेधाज्ञा र लकडाउन घोषणा गरेका छन् ।

 
 
  
 

You may also like