रौतहटमा १७ बर्षिय युवकको हत्या

by समतल अनलाइन

रौतहट । रौतहटको गरुडानगर्पालिका वडा नम्बर ८ मा एक युवकको हत्या भएको छ।

जिङ्डिया टोलका १७ वर्षीय निरञ्जन राम चमारको शव गाउँ नजिकैको खेतमा फेला परेको छ ।
उनलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा स्थानीयले शव फेला पारेका थिए । उनको घाँटीमा धारिलो हतियारले रेटिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।

घटनाका विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिए ।

 
 
  
 

You may also like