प्रदेश ५ सामाजिक बिकास मन्त्रालयका अधिकारीलाई कोरोना

by समतल अनलाइन

बुटवल । प्रदेश ५ सामाजिक बिकास मन्त्रालयका अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयमा नियमित कार्य सम्पादनमा खटिएका ति अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सामाजिक बिकास मन्त्रालयका सबै कर्मचारी क्वारेन्टाईनमा राख्ने तयारी भई रहेको छ ।
हो हाम्रा एक अधिकृतको पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य निर्देशनालयका प्रमुख बिनोद गिरीले भने । माननीय मन्त्री र मेरो परिक्षण गर्दा नेगेटिभ देखिएको छ उनले थपे ।

मन्त्रालयका अनुसार मन्त्रालयका उच्च अधिकारीलाई कोरोना पुष्टि भएपछि पहिलो चरणमा मन्त्री तथा मन्त्रालयका सचिव लगायतका उच्च अधिकृतहरुको स्वाव परिक्षण गरिएको थियो ।
गिरीका अनुसार मन्त्रालय र स्वास्थ निर्देशनालयका सबै कर्मचारीहरुको स्वाव संकलन गरिएको र दुवै निकायका कर्मचारीहरु क्वारेन्टाईनमा बस्ने तयारी गरिएको छ ।
सामाजिक बिकास मन्त्रालयका कुन कर्मचारीलाई पोजेटिभ देखिएको हो भन्ने भने खुलाउन चाहेनन ।बिहिवार गरिएको स्वाव परिक्षणमा ति अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालय श्रोतले बताएको छ ।

 
 
  
 

You may also like