कर्णाली प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि

by समतल अनलाइन

काठमाडौं । कर्णाली प्रदेशमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले एक विज्ञप्तिमार्फत थप ५ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमित मध्ये सल्यानका एकजना, जुम्लाका एकजना र दैलेखका ३ जना छन् । प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालमा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको हो ।यो सँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २ हजार ५७ पुगेको छ भने १ हजार ९०८ जना निको भइ डिस्चार्ज भइरहेका छन् ।

कर्णाली प्रदेशमा हाल १४३ जना संक्रिय संक्रमित छन् ।यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ४ जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्तिमार्फत ८८९ जनाको स्वाब परीक्षण गर्दा ४ जथनामा कोरोना पुष्टि भएको जनाकारी दिएको हो ।

नयाँ थपिएका ४ जना संक्रमित मध्ये एकजना महिला र ३ जना पुरुष छन् । उनीहरु सबै अछामका हुन् ।

 
 
  
 

You may also like