रोट्रायाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षयमा चापागाई

by समतल अनलाइन

विष्णु घिमिरे
बुटवल । रोट्रायाक्ट क्लब अफ बुटबल रामापिथेकसको चौथो पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुटबलको अंरपालि होटलमा भएको कार्यक्रममा वर्ष २०१८÷१९ का अध्यक्ष साजन भण्डारीले वर्ष २० १९÷२० अध्यक्ष दिपक चापागाइलाई पद हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा वर्ष २०१८ ÷१९ का अध्यक्ष साजन भण्डारीले आफनो कार्यकालमा सहयोग गर्ने क्लवका पदाधिकारी, कार्यक्रमका संयोजकहरु, बिभिन्न संघ संस्थाका अध्यक्षहरुलाई प्रसंशा पत्र तथा मायाको चिनोबाट सम्मान गरेका थिए ।

पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटबल उपमहानगर पालिकाका प्रमुख शिबराज सुबेदीले सामाजिक क्षेत्रमा रोट्रयाक्टहरुले खेलेको भुमिकालाइ उच्च मुल्याङ्कन गदै यि संस्थाहरुलाइ अझ प्रभावकारि व्याबस्थित बनाएर अगाडी लैजानु पर्ने बताए ।

बुटबल उपमहानगरपालिकाले यस उपमहानगरपालिकालाइ पर्यटकीय क्षेत्रको रुपमा बिस्तार गर्दै बुटबलाइ शुखि र समृद्धि नगरको रुपमा बिकास गर्दै अगाडी बढेको बताए ।

बुटवलका महत्वपूर्ण पार्कहरुलाइ पर्याटकीय क्षेत्रको रुपमा विस्तार गदै आएको बताउदै जितगढी, रामापिथेकस जस्ता महत्वपूर्ण पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा कमि भएको बताए । यसको प्रचार प्रसारमा गरि सहयोग गर्न रोटरी क्लव रोट्रयाक्ट क्लवहरुलाइ आग्रह गरे ।

उहाले युवालाई सहि बाटो मार्गनिर्देशन गदै लागुपदार्थ दुव्र्यासनबाट बचाउन सामाजिक चेतनाका कार्यक्रमलाई रोट्रयाक्ट क्लवहरुले एउटा अभियानको रुपमा अगाडी वढाउनु पर्ने बताए । यो क्लब एउटा रामापिथेकसको नामले परिचित भएको क्लब हुनाले यसलाइ अझ प्रभाबकारी रुपमा अगाडी बढाउदै लैजानु पर्ने बताए ।

पद हस्तान्तरण पछि आफनो जिम्वेवारी लिदै क्लबका १९२० का अध्यक्ष दिपक चापागाईले समयको महत्व बुझेर साामाजिक कार्यमा लाग्ने बताए । यस क्लवलाइ समाजिक क्षेत्रमा निरन्तरण अगाडी वढाउदै स्वाथ्य शिक्षा जस्ता महत्वपूर्ण कामहरुमा आफनो अभियानको रुपमा अगाडी बढाउने बताए ।

कार्यक्रममा बिशिष्ठ रोटरी डिष्ट्रिकका ए जी इन्द्र रिसालले क्लबलाई जिम्बेबारीका साथ सन्चालन गदै आगामी दिनमा उतकृष्ठ कामहरु गनु पर्ने बताए अरुको क्लबहरुले भन्दा परक पहिचानका कामहरु गदै गए अझ प्रभाबकारी हुने हुने बताए ।

बिशिष्ठ अतिथिको रुपमा वोल्दै रोटरी डिष्ट्रिकका ए जी तथा यस क्लबका प्रमुख सल्लाहाकार राजेन्द्र ढकालले क्लबले स्थापना काल देखी नै सामाजीक क्षेत्रमा महत्वपूर्ण कामहरु गदै आएको मा धन्यावाद व्यतm गरे क्लबलाई अझ प्रभाकारी र व्याबस्थीत तरीकाले अगाडि बढाउन आग्रह गरे । नया र फरक खालका कार्यक्रमहरु सन्चालन गरि समाजिक काममा निरन्तर लाग्न आग्रह गरे ।

कार्यक्रममा रोटरी क्लब अफ बुटबल डाउनटाउनका अध्यक्ष तुल्सी घिमिरे रोट्रयाक्ट डिष्ट्रीकका ए डि आर आर उमानाथ अधिकारी जोन १२ का जेट आर आर मिलन भण्डारी लगाएतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

कार्यक्रमका संयोजक निरज आचार्यको स्वात मन्तव्य उपाध्यक्ष बिजय काकीको धन्याबद मनतव्य तथा अध्यक्षद्वय साजन भण्डारी र दिपक चापागाइको अध्यक्ष सचिव द्धोय बिष्णु घिमिरे र योगेन्द्र रायमाझीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Share this:

 
 
  
 

You may also like