कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना

काठमाडौं । कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले एक विज्ञप्तिमार्फत थप ९ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका संक्रमितमध्ये सुर्खेतका २ जना, दैलेखका एकजना, जुम्लाका ४ जना र कालीकोट २ जना छन् ।

उनीहरुमध्ये ६ महिने शिशु सहित ५ पुरुष र ४ जना महिला रहेका छन् ।

 
 
  
 

You may also like