गुल्मी । उपकार युवा क्लव र गुल्मी सेवा समाज ओमनले नगद रकम र खाध्यान्न सहयोग गरेको छ।उपकार युवा क्लवका सदस्य तथा गुल्मी सेवा समाजका चिरञ्जीवी पान्डेको नेतृत्वमा दस हजार तीस रुपैया रकम गुल्मी रुरु क्षेत्र गाउँपालिका ५ आटिपाटामा साउन साउन १६ गते राती पहिरोमा परि मृत्यु भएका राजु माझिको परिवारलाई नगद तथा खाद्यान्न हस्तान्तरण गरिएको हो ।
त्यसै गरि गुल्मी रुरु क्षेत्र गाउँपालिकामा ५ मा को बोटेगाउमा रहेको उपकार युवा क्लवले पहिराे पिडित परिवारलाई खाध्यन्न सहयोग गरेको छ ।रुरुगाउँपालिका ५ बम्घाका वडा सदस्य सिद्धनाथ श्रेष्ठ, उपकार युवाक्लवका अध्यक्ष प्रकाश श्रेष्ठ लगायतको सहभागितामा रकम हस्तान्तरण गरिएको क्लवका उपाध्यक्ष बिक्रम भन्डारीले बताए ।खाद्यान्न सामाग्रीमा चामल,दाल,तेल,नुन चाउचाउ साबुन लगायतका सामानहरु वितरण गरिएको थियोे।
राजु माझिको परिवार गत साउन १६ गते रातिको पहिरोमा परि ४ जनाको घटनास्थलमै ज्यान गएको थियो भने पहिराे पछि ८ घर परिवार बिस्थापित भएका थिए ।