अपडेट : रुपन्देही कार दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको सनाखत

बुटवल । रुपन्देही कार दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको सनाखत भएको छ । शुक्रबार राति भएको दुर्घटनामा ज्यान गुमाउनेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका वार्ड नं.४ बस्ने बर्ष २७ को देबेन्द्र चौधरी ,रुपन्देही कोटहीमाई गाउँपालिका वार्ड नं.३ मर्यादपुर बस्ने बर्ष २८ को नौसाद दर्जी र नवलपरासी रामग्राम नगरपालिका वार्ड नं.१ २ पथगावा बस्ने बर्ष १२ को प्रदिप ठाकुर रहेका छन् ।

गएराति परासीबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ६७५६ नं. को कार रोहिणी गाउँपालिका-४ छिपागड स्थित हुलाकी सडक खण्डमा दुर्घटनामा परेको थियो । अनियन्त्रित भइ पल्टिँदा कार सडकबाट १० मिटर तल खसेको थियो ।कारमा सवार ४ जना घाइतेहरूलाई उपचारको लागि भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको हो । एक जनाको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like