आचार्यको ज्यान गयो

by समतल अनलाइन

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्यलाई मातृशोक परेको छ । आचार्यको आमा सावित्रा आचार्यको सनिवार दिउसो डेंगुको संक्रमणबाट निधन भएको हो ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं। ७ मोतिपुरमा बस्दै आएकी ६१ वर्षिय आचार्यको डेंगुको संक्रमणबाट सनिवार ज्यान गएको हो । लगातार ज्वरो आएपछि बुटवलमा आई परिक्षण गर्दा उनलाई विहीबार डेंगुको संक्रमण पाईएको थियो ।

तिनदिन देखि प्रादेशिक अस्पताल बुटवलको आईसियु कक्षमा राखि उपचार गरेपनि रगतमा रहेको प्लेटलेसको मात्रा नबढेपछि आचार्यको सनिवार साढे पांच बजे अस्पतालमा निधन भएको हो । स्वर्गिय आचार्यका चार छोरा र दुई छोरी छन् ।

 
 
  
 

You may also like