यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बिहिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा हल्का बर्षा भईरहेको जनाएको छ ।

जारी सुचनाका अनुसार दिउँसो देशभर सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like