शंकरनगर खानेपानीको २१ औं वार्षिक साधारण सभा सम्पन्न

by समतल अनलाइन

बुटवल । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २१ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभा कार्यक्रमका प्रमुख अथिति प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले ३ बर्ष भित्र सम्पूर्ण जनतालाई सुद्ध खानेपानीको पहुँचमा पु¥याउने लक्ष्यमा प्रदेश सरकार लागी परेको बताउनु भएको छ ।

मन्त्रि गिरीले प्रदेशमा विधमान पानीका स्रोतहरुलाई सहि ढंगले परिचालन गर्न सकेमा पानीलाई निर्यात गरेर धनि बन्न सक्ने बताउनु भयो । उहाँले जमिनमुनि बोरिङबाट पानी तान्दा पानीको तह तल झर्दै गएकाले त्यसलाई रिचार्ज गर्न प्रदेश सरकारले ५२ हजार घनमिटर पानी रहने गरी पोखरी बनाई सकिएको बताउनु भयो । प्रदेश सरकारले बर्दघाट, दाङको घोराइ लगायत विभिन्न ठाउँमा पोखरी बनाईएको र अन्य तराइका धेरै पोखरीहरुलाई निरिक्षण गर्ने काम भईरहेको बताउनु भयो ।

संस्थाका सल्लाहकार समेत रहनु भएका मन्त्री गिरीले खानेपानी संस्थाहरु नाफामुलक संस्था नभई सेवा मुलक भएकाले यसमा लाग्ने डिमान्ड चार्ज ,पान करलगायतका करमा सरकारले छुट दिने बताउनु भएको छ । सोका लागी सम्बन्धीत मन्त्रालय संग छलफल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
त्यसै गरी कार्यक्रममा बिशिष्ठ अथिति खानेपानी डिभिजन कार्यालयका प्रमुख ईंन्जिनियर राजकुमार चौधरीले खानेपानी विकासको योजना अनुसार केन्द्रिय ,प्रदेश र स्थानिय गरी तिन किसिमले कार्य आयोजनाहरु अगाडी बढाइएको बताउनु भयो ।
त्यसै गरी विशिष्ठ अथिति खानेपानी उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्यालले शुद्ध खानेपानी पाउनु पर्ने कुरा मानव अधिकारको रुपमा हेरिने र यो संबैधानिक ब्यवस्था पनि भएको बताउनुभयो । खानेपानी उपभोक्ता संस्थाहरु सेवा मुलक भएकाले यसमा लाग्ने डिमाण्ड चार्ज लगाएतका करहरु लाग्न नहुने बताउनुभयो । त्यसका लागी आफुहरु विगत ९ बर्ष देखि लागी परेको तर हाल सम्म पनि नभएकाले अब आन्दोलित हनु पर्ने अवस्थामा आफुहरु पुगेको बताउनु भयो ।

कार्यक्रममा अथितिहरु खानेपानी उपभोक्ता महासंघका जिल्ला अध्यक्ष ध्रुब कुमार धिताल , नेकपा तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाई, नेपाली काग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे , जनमुक्ती पार्टी तिलोत्तमा नगरसमितिका अध्यक्ष भोम बहादुर बुढामगर आनन्द बन खानेपानी तथा सरसफाई संस्था मणिग्रामका अध्यक्ष केशव राज न्योपाने , करैया मक्रहर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष यज्ञ गेरै , बन उपभोक्त समिति का अध्यक्ष दधिराम गौतम, राम गिरी , शंकरनगर दुर्गादत्त मा. वि.का प्राचार्य कृष्ण प्रसाद पन्थी , पार्वती क्षेत्री लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार तथा पार्षदहरुको आथित्यता रहेको थियो ।
संस्थाका उपाध्यक्ष ओम प्रकाश खरेलको स्वागत मन्तब्य तथा अध्यक्ष हरि प्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संञ्चालन संस्थाकी सचिव साविञा पन्थीले गर्नु भएको थियो ।

 
 
  
 

You may also like