आज थपिए ४१८ कोरोना संक्रमित, ३५८ डिस्चार्ज

काठमाडौं । नेपालमा सोमबार थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका ५ जना, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, मोरङका ३७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा झापाका ४ जना, मोरङका ९ जनामा कोरोना पुष्टि भएको छ ।यस्तै गजेन्द्र नारायण सिंह अस्पताल राजविराटमा गरिएको परीक्षणमा सिराहाका ३ जना र सप्तरीका ५१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोशगाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका एकजना, महोत्तरीका ३० जना र धनुषाका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका ३ जना र पर्साका ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, काठमाडौंका ८ जना, कैलाीका ३५ जना, कंचनपुरका ८ जना, र रसुवाका एकजनामा कोरोना संक्रमण पुुष्टि भएको छ ।यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, काठमाडौंका १७ जना र रौतहटका २ जना, पाटन अस्पतलमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, ललितपुरका २ जना, भक्तपुरका ४ जना, महोत्तरीका एकजना, चितवनका एकजना र गुल्मीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा सर्लाहीका एकजना र काठमाडौंका २ जना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, दोलखाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, ललितपुरका एक जना, वीरेन्द्र अस्पताल छाउनीमा गरिएको परीक्षणमा काठमाडौंका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ८ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका एकजनामा कोरोना पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ८ जना, बर्दियाका एकजना, दाङका एकजना र कैलालीका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका २ जना, दैलेख पीसीआर प्रयोगशालामा दैलेखका २ जना, चौरजहारी नगरपालिकामा गरिएको परीक्षणमा रुकुम पश्चिमका २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका कंचनपुरका ८ जना, कैलालीका ३१ जना र अछामका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप ३५८ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ९६१ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।मन्त्रालयका अनुसार हालसम्म ७१.१ प्रतिशत संक्रमित निको भएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।

 
 
  
 

You may also like