अपडेट : मेलम्ची पहिरोमा पुरिएका चार मजदुरको शव फेला, चार जना अझै बेपत्ता

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा परी पुरिएका चार जना मजदुरको शव फेला परेको छ । अझै चार जना अझै बेपत्ता रहेको उद्धारमा खटिएकाहरुले जानकारी दिएका छन् ।पहिरोमा परिनेहरुमा ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदिप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द्र चौधरी छन् ।

पहिरोमा बेपत्ता हुनेमा सात जना नेपाली र एक जना भारतीय नागरिक रहेको जनाइएको छ ।उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक छलबहादुर तामाङले जानकारी दिएका छन् ।मेलम्चीमा पहिरोमा परिएका आठ जना मजदुरको उद्धार र खोजी गरिंदै
घटनास्थलबाटै तामाङले भने, ‘चार जनाको शव फेला परे पनि सनाखत हुन बाँकी नै छ । बाँकी चार जनाको खोजी भइरहेको छ । हामी राति ३ बजेदेखि नै उद्धारमा खटिरहेका छौं ।’

अबिरल वर्षासँगै राति २ बजेतिर पहिरो जाँदा मेलम्ची–११ मा कभर्ड हल निर्माणमा खटिएका नौ मजदुर पुरिएका थिए । एक जनाको भने तीन घण्टाको प्रयासपछि उद्धार गरिएको थियो । उनी पनि घाइते छन् । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।

FacebookTwitterPinterestLinkedInMessenger

 
 
  
 

You may also like