प्रशासनिक कामलाई चुस्त बनाउन सैनामैनाका कर्मचारीलाई सफ्टवेयर तालिम

by समतल अनलाइन

सैनामैना। प्रशासनिक कार्यलाई चुस्त र प्रभावकारी बनाउन सैनामैना नगरपालिकाले सफ्टवेयर सम्बन्धी तालिम दिन आज देखि सुरु गरेको छ ।सैनामैनाका योेजना शाखा तथा आर्थिक विभागका कर्मचारीहरुलाईृ योजना ब्यवस्थापन प्रणाली सफ्टवेयर सम्बन्धी तालिम दिन लागीएको हो ।

आधुनिक प्रविधिहरुको उच्चतम प्रयोगबाट प्रशासनीक कार्यलाई सरल सहज र छिटो सम्पन्न गर्न कर्मचारीको क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गरिएको सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले बताउनुभएको छ ।उहाँले तालिम सिकेपछि कर्मचारीको कार्यशैलि र दक्षतामा परिर्वतन आउनुपर्ने बताउदै मेयर कार्कीले यसको प्र्रभावले सेवाग्राहीले फरक तरिकाले महुुसस गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

कामलाई प्रभावकारी बनाउन यस तालिमले महत्वपुर्ण भुमिका खेल्ने नगर प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले बताउनुभएको छ ।तालिमलाई उपलब्धीमुलक बनाउन दत्तचित्त भएर तालिम सिक्न उहाँले आग्रह गर्नुभएको छ ।

 
 
  
 

You may also like