सनराईजको अनाथलाई सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवल सनराईजले अनाथ बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । क्लबको वार्षिक कार्यक्रम अन्तरगत सुनौलो घरको सहयोगमा सिर्जनशिल सस्था नेपालका सडक बालबालिकालाई शनिबार खाद्यान्न सहयोग गरेको हो ।

सडक बालबालिकाहरुलाई ट्रान्जिट होम संचालन गर्दै अाएको संस्थालाई सहयोग सामग्री हस्तान्तरण गर्दै लायन्स ईन्टरनेश्नल ३२५ बि २ का पास्ट डिजि सुनिल ओझा, जिएमटी डिष्ट्रिक को अर्डिनेटर सुनिता श्रेष्ठ, डिसि पुरुसोत्तमभक्त प्रधानाङ्ग, रिजनचेयरपर्सन सीता भट्टराई, विनित भट्टराई, गाईडलाईन केदार भुषाल, कार्यक्रम संयोजक सपना आचार्य श्रेष्ठले अागामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्घता जनाए ।

सिर्जनसिलका अध्यक्ष प्रतिमा शर्माले सडक बालबालिकाको विषयमा सरोकारवालाहरू सचेत हुनुपर्ने बताईन ।भविष्यका कर्णधार मानिने बालबालिकाहरु नै सडकमा हुनु चिन्ताको विषय भएको उनले दुखेसो गरिन ।

 
 
  
 

You may also like