फेसबुककी प्रेमिकाले लगाइन बलात्कारको आरोप

काठमाडौं । फेसबुकबाट भएको चिनजान प्रेम हुदैँ यौन सम्पर्क बलात्कार आरोपमा परिणत भएको छ । राजधानी काठमाडौंमा फेसबुकबाट चिनजान गरेर प्रेमिका बनाएपछि १४ बर्षीया बालिकामाथि युवकले बलात्कार गरेको भन्दै युवतीका परिवारले प्रहरीमा उजुरी गरेको सार्वजनिक भएको छ ।

प्रहरीले बालिकामाथि बलात्कारको आरोप लागेका कैलालीको लम्कीचुहा नगरपालिका–२ का प्रज्वल कार्कीलाई पक्राउ गरेको छ । उनी काठमाडौंको धुम्बाराही बस्ने गरेका थिए । बालिकामाथि बलात्कार भएको भन्दै परिवारका आफन्तले उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

शुरुमा सहमतिमै यौन सम्पर्क भएको कार्की परिवारको भनाइ छ । तर परिवारको किटानी जाहेरी आएपछि अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ । कानुनअनुसार १८ बर्षमुनिका किशोरी वा बालिकामाथिको शारीरिक सम्बन्ध बलात्कारसरह मानिन्छ ।

पछिल्लो समय वास्तविक बलात्कार भन्दा पनि लेनदेन नजिलेपछि, परिवारजनले थाहा पाएपछि तथा मुलुकी फौजदारी संहिताले निम्त्याएका नक्कली बलात्कारका घट्नाहरु बढ्न थालेका छन् । समाज भाड्ने कानुनका कारण यो भने निकै चिन्ताको विषय बनेको बताइएको छ ।

 
 
  
 

You may also like