स्वच्छ पानी खुवाउने अभियानमा सैनामैना

सबै सामुदायिक बिधालयलाई उच्च स्तरको फिल्टर र सेनेटरी प्याड बितरण
सैनामैना । सैनामैना नगरपालिकाले नगर भित्रको सबै सामुदायिक बिधालयहरुलाई उच्च स्तरको तातो चिसो आउने प्रबिधिको फिल्टर हस्तान्तरण गरेको छ ।

पानीका कारण संक्रमण नहोस भन्ने उद्धेश्यले सबै सामुदायिक बिधालयमा फ्रिज जडान भएको उच्च प्रबिधिको फिल्टर उपलब्द गराईएको सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो । नेपाल सरकारको निति अनुसार सबै बिधालयमा छात्रा तथा महिला कर्माचारीलाई आवश्यक पर्ने सेनेटरी प्याड र भेन्डीङ्ग मेशिन खरिद गरी उपलब्द गराईको समेत प्रमुख कार्कीले बताउनु भयो । महिला कर्माचारी तथा बिधालयका छात्राहरु महिनावारी भएको बेलामा कुनै समस्या नहोस र सामान्य अवस्थामा जस्तै कार्य गर्न सकुन भन्ने उद्धेश्यले सेनेटरी प्याड उपलब्द गराईएको कार्कीले बताउनु भयो । सबै कार्यालयहरुमा आधारभुत स्वास्थ्य सुरक्षा प्रदान गरेर मात्र संचालन गर्नु पर्नेमा प्र्मुख कार्कीले जोड दिनु भएको थियो ।
नगरका भित्रका आधारभुत बिधालयलाई ५० लि क्षमताको र माध्यमिक बिधालयलाई २०० लि क्षमताको उच्च स्तरको चिसो पानी आउने प्रबिधिको फिल्टर उपलब्द गाराईएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनु भयो ।
सबै सामुदायिक बिधालयहरुलाई बर्ष भरी पुग्ने गरी सेनेटरी प्याड उपलब्द गराईएको सैनामैनाका शिक्षा शाखा प्रमुख हेमराज अर्यालले बताउनु भयो । बिधालयमा संचलानको समयमा छात्राहरुलाई महिनावारीको समयमा पनि सहज रुपले अध्ययनमा सहभागी हुन भन्ने उद्धेश्यले सेनेटरी प्याड उपलब्द गराईएको समेत शिक्षा शाखा प्रमुख अर्यालले बताउनु भयो ।
बिधालयमा स्वच्छ पानी उपलब्द होस भन्ने उद्धेश्यले नगरपालिकाले फिल्टर उपलब्द गराएकोमा आफुहरु उत्साही भएको रामापुर मा .बि का प्रधानाध्यापक कृष्ण पौडेलले बताउनु भयो ।
महिनावारीको समयमा धेरै छात्राहरु बिधालयमा अनुपस्थित हुने समस्या तरेको सैनामैना पर्रोहा परमेश्वर मा बि का प्रधानाध्यापक कृष्ण पौडेलले बताउनु भयो ।

सबै बिधालयलाई उपलब्द गराउने उद्धेश्यले रु २५ लाखको लागतमा १८ वटा उच्च प्रबिधिको फिल्टर खरीद गरिएको नगरपालिकाले जनाएको छ । ७१ हजार प्याकेट सेनेटरी प्याड ३८ लाख र १८ वटा भेडिङ्ग मेशीन ३ लाख ६० हजारमा खरिद गरी साम्दायिक बिधालयलाई उपलब्द गराईएको सैनामैनाको जिन्सी शाखाका जनाएको छ ।

 
 
  
 

You may also like