युरो कप छनोटमा इटालीकाे पाँचौं जित

by समतल अनलाइन

काठमाडौँ । युरो कप छनोटमा इटालीले सानदार खेल प्रदर्शन गर्न सफल भएको छ । १० जना खेलाडीमा सिमित अर्मेनियालाई इटालीले ३-१ गोलले पराजित गरेको हो ।

अर्मेनियाका लागि खेलको ११ औं मिनेटमा एलेक्सजेण्डरले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको २८ औं मिनेटमा आन्द्रे बेलोट्टीले गोल गर्दै इटालीका लागि बराबरी गोल फर्काए । खेलको ४५ औं मिनेटमा एलेक्सजेण्डरले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।

इटालीका लागि खेलको ७७ औं मिनेटमा लोरेन्जो पेल्लीग्रिनीले गोल गरे । खेलको ८० औं मिनेटमा बेलोट्टीले व्यक्तिगत दोस्रो गोल गरे ।

यो जितसंगै समूह जे को इटालीले ५ खेलबाट १५ अंक जोडेको भने अर्मेनियाको ५ खेलमा ६ अंक रहेको छ ।

 
 
  
 

You may also like