वीरगञ्जमा कोरोना संक्रमित पुरुषको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

पर्सा । पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा मृत्यु भएको छ ।गण्डक अस्पतालमा भर्ना भएका पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।

गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई शुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । शंकास्पद विरामी भएको भन्दै उनलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो र उनको सोही दिन साँझ मृत्यु भयो ।

उनको मृत्यु भइसकेपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ ।

 
 
  
 

You may also like