अनलाइन कक्षा बन्द गर्ने हिसान रुपन्देहीको निर्णय

साउन। उच्चा शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) रुपन्देहीले हाल कक्षा ११ बाट १२ मा स्तरउन्नती भएका विद्यार्थीहरुका लागि संचालन गर्ने भनिएको अनलाइन कक्षाहरु स्थगन गर्ने निर्णय गरेको छ ।
शुक्रवार बुटवलमा बसेको हिसान रुपन्देहीको कार्यसमिति बैठकले अर्को निर्णय नहुँदा सम्मका लागि सवै अनलाईन कक्षा स्थगन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले कक्षा ११ को बार्षिक परिक्षा संचालनमा एकरुपता कायम गरी सम्भाव्यता अध्ययनका लागि कार्यदल समेत गठन गरेको छ । संस्थाका बरिष्ठ उपाध्यक्ष दिनेश भूषालको संयोजकत्वमा तीन सदस्य कार्यदल बनाएको छ । जसको सदस्यमा कार्यसमिति सदस्य बाबुराम बन्जाडे र कृष्ण प्रसाद गैरे रहेका छन् । सो कार्यदललाई कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्दा देखिने समस्या र ती समस्याको समाधान सहितको प्रतिवेदन तयार गर्न जिम्मा दिइएको छ । कार्यदलले एक हप्तामा प्रतिवेदन तयार पारी समितिमा पेश गर्नेछ ।
त्यस्तै बैठकले कक्षा ११ को भर्ना पूर्वका सम्पूर्ण प्रकृयाहरु पुरा गरी नयाँ भर्नाका लागि तयारी अवस्थामा रहन समेत सदस्य विद्यालयहरुलाई निर्देशन दिएको छ ।

हिसान रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षता, सचिव पुष्प घिमिरेका संचालन तथा उपाध्यक्ष मधु प्रकाश ज्ञावालीको स्वागतमा बैठक सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like