लमजुङमा पहिरो जादा एकै घरका तीन जनाको ज्यान गयो

लमजुङ । लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा पहिरोले घर पुरिंदा तीन जनाको ज्यान गएको छ ।

पहिरोले दीपक तामाङको घर पुरिंदा एकै घरका तीन जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा दीपक तामाङ, उनकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङ रहेको लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिएका छन् । प्रहरीका अनुसार अरु तीन जना सामान्य घाइते भएका छन् ।

 
 
  
 

You may also like