सिन्धुपाल्चोक बाढी : १० दिनको शिशुसहित चार जनालाई काठमाडौं ल्याइयो

काठमाडौ । सिन्धुपाल्चोको बाह्रबिसेको बाढी–पहिरोमा परी गम्भिर घाइते भएका १० दिनको शिशुसहित चार जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

कैलाश एयरको हेलिकोप्टरले शुवेश तामाङ र सविता बस्नेत र माउन्टेन एयरको हेलिकोप्टरले फुर्वा तामाङ र १० दिनको बच्चालाई काठमाडौं ल्याइएको सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले जानकारी दिएका छन् । तीमध्ये उपचारका लागि दुई जनाको हेम्स र दुई जनाको कैलाश अस्पतालमा लगिएको छ ।

बाह्रबिसे र भोटेकोशीमा आएको पहिरोमा परेर दुई डेढ वर्षीया बालिका र उनको बाबुको मृत्यु हुनुका साथै २१ जना बेपत्ता रहेको गाउँपालिकाले जनाएको छ । उनीहरुको खोजी कार्य जारीरहेको जनाइएको छ । बाढी पहिरोले सडकहरुमा समेत क्षति पुगेका कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ ।

 
 
  
 

You may also like