गुल्मीका गाउँ-गाउँमा क्रिकेट मोह,रुरुकाे टाहाटिममा क्रिकेट प्रतियोगिता

by समतल अनलाइन

बुटवल। गाउँका किशोरहरुमा क्रिकेट मोह देखिएको छ । रुरु ५, टाहाटिमका युवाहरु यतिबेला क्रिकेटमा रम्न थालेका छन् । टाहाटिम युवा क्लब गठन गरेर उनीहरू क्रिकेट प्रतियोगितामा भाग लिने र जिल्लाका अरु टोलका युवाहरुलाई पनि जुटाएर प्रतियोगिता सञ्चालन गर्ने गरेका छन् ।

रुरु गाउँपालिकाको केन्द्र भवन निर्माणका लागि सम्माइएको ठाउँ यहाँका युवालाई क्रिकेट मैदान बनेको छ । क्रिकेटका लागि प्रशिक्षण लिन झण्डै डेढ लाख आफ्नै पैसा लगानी गरेर दिल्ली पुगेर आएका १८ वर्षीय गौरव पुरीले क्रिकेटको सम्भावना रहेको तर मैदान र अवसरको अभाव हुँदा भनेजस्तो गर्न नपाएको गुनासो पोखे । टाहाटिम युवा क्लबको आयोजनामा हालै भएको खुला क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच भएका गौरव सम्भावना बोकेका किशोर हुन ।

उनलाई नजिकबाट नियालिरहेका सोही गाउँका युवा खिमबहादुर क्षेत्री भन्छन् राज्यले गाउँका प्रतिभालाई बेलैमा पहिचान गर्नुपर्ने बताउछन् । उनको खेल हेरेर वडा(५ का अध्यक्ष हरिप्रसाद ज्ञवालीले अब वडा तहबाट पहिचान गर्दै गाउँपालिकामा विषय प्रवेश गराइने बताए ।

उनले पहिलोपटक प्रतियोगिता आयोजना गरेका युवाहरुलाई हौसला दिने भन्दै १० हजार नगद उपलब्ध गराइने पनि प्रतिबद्धता जनाए । बुटवलमा रहेर लामो समयदेखि पत्रकारिता गरिरहेका सोही गाउँमा जन्मेका क्रियाशील पत्रकार अमृत गिरीले प्रतियोगिता बारे कुरा सुन्दा साथ नगद ५ हजार हातमा थमाएर हौसला बढाए । लगत्तै उनले खेलकुदका सामग्री समेत उपलब्ध गराए ।

पहिलोपटक भएको प्रतियोगितामा जिल्लाका १३ टिमको सहभागीता रहेको संयोजक रुद्र पुरीले जानकारी दिए । फाइनलमा आयोजकलाई पोराकिलो रन अन्तरले पराजित गर्दै उर्लेनीको जनचेतना क्लब प्रथम भएको थियो । विजेतालाई नगद १० हजार, मेडल, ट्रफी सहितको पुरस्कार प्रदान गर्दै पत्रकार अमृत गिरीले खेलकुदका सम्भावना र प्रतिभालाई सबै मिलेर साकार पार्नुपर्ने बताए ।

त्यसअघि कार्यक्रम सुभारम्भ गराउदै वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले बडा कार्यालयले खेलकुदको विकासका लागि अब विशेष कार्यक्रम बनाउने बताए । रुरु ५ का नेकपाका युवा नेता पदम श्रेष्ठले युवालाई खेलकुदमा आकर्षित गर्न राज्यले लगानी बढाउनुपर्ने बताए।

युवा क्लबका अध्यक्ष दिपक पुरीको अध्यक्षतामा समापन समारोह भएको थियो । प्रतियोगिताका लागि वडा कार्यालयले १० हजार उपलब्ध गराउने र वडामा दर्ता रहेका क्लबहरुलाई भेला गरेर योजनाको बारेमा छलफल चलाइने अध्यक्ष ज्ञवालीले बताए । युवा नेता पदम श्रेष्ठले प्रथम पुरस्कार १० हजार, अमृत गिरीले ५ हजार, फर्सु श्रेष्ठले ५ हजार नगद प्रायोजन गरेको कार्यक्रम संयोजक गोपाल गिरीले जानकारी दिए ।

 
 
  
 

You may also like