छैटौ मणिमुकुन्द कप अन्तर विद्यालय जिल्लास्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता २०७६ हुदै

by समतल अनलाइन

बुटवल । मणिमुकुन्द भलिबल क्लबको आयोजनामा छैटौ मणिमुकुन्द कप अन्तर विद्यालय जिल्लास्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता २०७६ हुने भएको छ ।

भदौ २० गतेदेखि प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा उपाधि विजेता टिमले नगद १२ हजारसहित कप, मेडल, प्रमाणपत्र तथा उपविजेता नगद ७ हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष मिलन रानाले बताए । यसैगरि तृतिय स्थान हासिल गर्ने टिमले नगद ५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि विद्यागत रुपमा सर्वोत्कृष्ट खेलाडी, बेष्ट स्पाईकर, ब्लकर, सर्वर, डिफेन्डर, सेटर र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने छ । विद्यालयस्तरमा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यस क्षेत्रमा भलिबल खेलको प्रशिक्षण र प्रतियोगितामा लागेको उनले बताए ।
मणिमुकुन्द भलिबल क्लबको एकेडेमी केन्द्र तिलोत्तमा नगरपालिका वडा नं. २ को खेलमैदानमा सबै प्रतियोगिताहरु हुने उनले बताए । राष्ट्रिय खेल घोषणा भएसंगै भलिबल खेलको विकासमा फड्को मारेको उनले बताए । वरिष्ठ सल्लाहकार टुक बहादुर क्षेत्रीले क्लबमा प्रतियोगिता आयोजनाका लागि खेलप्रेमीहरुबाट सहयोग भएको बताए ।

भदौ २० गतेदेखि शुरु हुने प्रतियोगितामा छात्र र छात्रा गरि रुपन्देही जिल्लाका गरि ५० टिमले भाग लिने छन । ४ दिनेसम्म चल्ने प्रतियोगितामा १ लाख ५० हजार खर्च हुने अनुमान रहेको छ ।

गतवर्ष छात्रतर्फ सिद्धार्थ बोर्डिङ स्कुल र छात्रातर्फ सिद्धार्थ बोर्डिङ स्कुल विजेता रहेको थियो ।

 
 
  
 

You may also like