नेपाल स्वयंसेवक संघको युवा संगठन केन्द्रिय उपाध्यक्षमा अर्घाखाँचीका भुसाल

गुल्मी । नेपाल स्वयंसेवक संघको युवा संगठन केन्द्रिय उपाध्यक्षमा जीवन भुसाल रहेका छन । अर्घाखाँची जन्मिएर बुटवल लाई कर्मथलो बनाएर विभिन्न सामाजिक सस्थाहरुमा आवद्ध रहेर समाज सेवामा सक्रिय छन । समाजसेवा र नेतृत्वको शोख भुसाल लाई सानै देखि लागेको र त्यही स्वरुप विभिन्न सस्थामा रहेर समाजमा रचनात्मक अभियान हरु चलाएर बालबालिका देखि वृद्ध बुबाआमा का मन मस्तिष्कमा बस्न सफल भएका छन ।
जिबनका हरेक मोडहरू सफलता का साथ पार गर्दै बितेका र आउँदा दिनहरू पनी आफुले अठोट लिएको दृढ शक्ति पुराहुदै जानेमा आशा लिइ नेतृत्वमा रहेर काम गर्न पाउँदा खुशी ब्यक्त गरे। घरपरिवार साथीभाइ को साथ र माया ले थप जोश जागर मिलेको बताए। परिबर्तन आफू बाटै सम्बभ छ भन्ने मुख्य कुरालाइ आत्मसात गर्दै अहोरात्र परिबर्तन निम्ति खटिएर दिन दुखी र घर परिबार बाट बन्चित भएका बालबालिका हरुलाइ शिक्षा दिने बाताबरण सिर्जना गर्नु पर्छ भन्ने उनको जोड छ । उनीसँगै पढ्ने साथी कोहि धन कमाउन बिदेश त कोहि रमाईलो गर्न तिर लागेको भए पनि आफुलाई केहि फरक गरौँ भन्ने सोँच आएर आज सामाजिक सस्थामा आबद्ध रहेको बताए। सँगैका कतिपय साथिहरु लागुपदार्थ सेवनमा फसिरहेका छन तर उनलाई सानै देखि जिम्मेवारी छोरा बन्न आमाले प्रेरणा दिएकी हुनाले आज हरेक नकारात्मक कार्यहरुलाइ चिरेर सकारात्मक ढङ्गबाट सबै युवाहरूलाई सामाजिक कार्यमा ब्यस्त गराउने उदेश्य का साथ अगाडि बढिरहेर साथ सहयोग गर्नु हुने सम्पूर्ण प्रती धन्यवाद ब्यक्त गरे।

 
 
  
 

You may also like