गोरखाका कोरोना संक्रमित पुरूषको उपचारका क्रममा मृत्यु

काठमाडौं । गोरखा पालुङटारका कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको छ ।पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान ५:०५ बजे मृत्यु भएको गोरखा अस्पतालले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नविन थापाले जारी गरेको बिज्ञप्तिअनुसार मृतक पुरूषमा गोरखा अस्पतालमा उपचाररत अवस्थामा शुक्रबार राति ९:५५ बजे कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। मधुमेहबाट पीडित उनलाई निमोनिया देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिँएकोमा उपचारका क्रमा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

 
 
  
 

You may also like