मालपोत कार्यालयमा अख्तियारको छापा, पाँच हजार घुस सहित नायब सुब्बा पक्राउ

१३ साउन, सिरहा । सिरहाको मालपोत कार्यालयमा अख्तियारको टोलीले छापा मार्दा पाँच हजार घुस सहित नायब सुब्बालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा सिरहा मालपोत कार्यालयमा कार्यरत ५० वर्षीय नायब सुब्बा मिथिलेस्वर ठाकुर र सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर- ३ बस्ने ४२ वर्षीय राजवंशी चौधरी रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दीवासद्वारा खटिएको अख्तियारका टोलीले सिरहाको मालपोत कार्यालयमा छापा मार्दा नायब सुब्बा र चौधरीलाई रंगे हात पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरु दुवै उपर थप अनुसन्धान भईरहेको छ त्यस्तै पक्राउ पर्ने डरले कार्यालय प्रमुख रामबाबु मण्डल कार्यालय छोडेर भागेका छन् ।

 
 
  
 

You may also like