बुटवल । देशैभर दलित समुदायमाथि भएको जातिय भेदभावका विरूद्व बुटवलमा बिहीवार विरोभसभा भएको छ । संयुक्त दलित संघर्ष समिति रूपन्देहीको आयोजनामा भएको उक्त सभामा बोेल्दै पूर्व सांसद विनोद पहाडीले दलित समुदाय माथि भएको विभेदका विरूद्व वर्तमान सरकार मौन रहेको बताए । अंगिरा पासीको बलात्कारपछि हत्या भएकामा नाम चलेका वकिलले ठुलो रकम लिएर बलात्कारीकै पक्षमा लागे, उनले भने, कस्तो मुद्वामा लड्ने यो विषयमा वकिलले पेशागत नाममा मुद्वाको प्रकृतिलाई ख्याल गर्नुपर्छ ।
गरिब र दलितका मुद्धामा न्याय पाउन मुस्किल परिस्थिती खडा गर्ने खेलमा माथिल्लो वर्ग लाग्ने गरेको उनले बताए । सभामा पण्डित भिमनाथ पन्थिले हिन्दु धर्ममा कुनै विभेद नभएको बताउदै दलित समुदायमाथि ठूलो अन्याय भएको बताए । कार्यक्रममा मुक्ति संगठनका प्रदेश ५ का संयोजक जोगलाल विक, समितिका संयोजक हरिओम विक, मगर संघका धनी आले, ईस्लाम खान, पंकज राई ले बोलेका थिए ।
यसअघि पनि समितीले जिल्ला अदालत अगाडि २ पटकसम्म विरोधसभा र प्रदर्शन गरेको थियो ।