भारतमा २४ घण्टामा थपिए १९ हजारभन्दा बढी संक्रमित

नयाँदिल्ली । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको संख्या भारतमा ६ लाख पुगेको छ ।बिहीबार बिहानसम्म भारतमा कोरोनाभाइरसबाट ६ लाख ५ हजार २२० जना सङ्क्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै १९ हजार ४ सय २८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।पछिल्लो अपडेट अनुसार २ लाख २७ हजार ४ सय ७६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

कुल सङ्क्रमितमध्ये ३ लाख ५९ हजार ८ सय ९६ जना सङ्क्रमणमुक्त भएका छन् ।भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म १७ हजार ८ सय ४८ जनाको मृत्यु भइसकेको छ । ती मध्ये पछिल्लो २४ घण्टामा ४ सय ३८ जनाको मृत्यु भएको हो ।

 
 
  
 

You may also like