कोरोना संक्रमित थप एक जनाको मृत्यु , नेपालमा मृत्यु हुनेको संख्या २९ पुग्यो

ललितपुर । ललितपुरको स्टार अस्पतालमा उपचाररत एक २९ वर्षीय कोरोना भाइरस संक्रमित युवकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।रौतहट घर भएका उनले अस्पतालमा मृत्यु भएको हो । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिएका छन् ।

अस्पतालका एक कर्मचारीले भने दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृत्यु भएको बताएका छन् ।

 
 
  
 

You may also like