असारे झरीमै सरसफाई गर्दै युवाहरु

बुटवल । असार महिना झरी संगै कोभिड–१९ को कहरमा रुपन्देही शंकरनगरमा सरसफाइ कार्यक्रम भएको छ । करिब ५० जना युवाहरुको समूहले तिलोत्तमा नगरपालिका शंकरनगरमा युवाहरुले सरसफाइ तथा सडकको बिचमा रहेका बिरुवा गोडमेल गरी सरसफाई गरेका छन् ।नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलले नेतृत्व गरेको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको उनको भनाई छ । गत बर्ष आफ्नो जन्म दिनमा वृक्षारोपण सुरु गरेका अर्जुनले अहिले रुपन्देहीका विभिन्न सामजिक ब्यक्तित्वहरुलाई सम्मीलीत बनाएर सरसफाई अभियान सञ्चालन गरेका छन् । असारे झरीमा समेत युवाहरूमा सरसफाई गर्ने उत्साह देखिएको थियो। नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलको अध्यक्षतामा भएको कार्यक्रममा सामुहिक बिकास बचत तथा ऋण सहकारीका उपाध्यक्ष लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो भने क्लबका उपाध्याय दिपेन कंडेलले स्वागत मन्तव्य दिएका थिए ।

 
 
  
 

You may also like