मुसिकोटको निति तथा कार्यक्रम : कृषि, उद्यम र रोजगारीलाई प्राथमिकता [पुर्णपाठ]

कमल पौडेल
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ को लागि नीति तथा कार्यक्रम सातौं नगरसभाबाट पारित भएको छ । नगरप्रमुख सोमनाथ सापकोटाले प्रस्तुत गरेको सो निति तथा कार्यक्रमलाई सभाले सर्वसहमतिमा पारित गरको हो ।

निति तथा कार्यक्रममा कृषि क्षेत्रको विकास तथा रोजगारीलाई प्राथमिकता दिइएको छ । कृषि तथा स्थानिय कच्चा पदार्थमा आधारित साना तथा घरेलु उद्योग व्यवसायको ऋणको व्याजमा ५० प्रतिशत अनुदानको व्यवस्था, प्लाष्टिक टनेलमा ९० प्रतिशत अनुदान, प्लाष्टिक पोखरीमा ८० प्रतिशत अनुदान, कृषि यन्त्र उपकरणहरुमा कृषकलाई ५० प्रतिशत अनुदान दिई यान्त्रीकरण गर्ने, बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई २ लाख सम्म विना धितो सुलभ कर्जा उपलब्ध गराउने र स्वरोजगारको लागि जन्मभुमि बनाउ कर्मभुमी कार्यक्रम सञ्चालन गर्ने, उद्यमीका लागि धितो सहित २० लाख सम्म सुलभ कर्जा उपलब्ध गराउने, नगरपालिकामा श्रम बैंक स्थापना गर्नेलगाएयतका निति अबलम्बन गरिने भएको छ ।

अघिल्ला वर्षहरुबाट चलिरहेको ‘कफि लगाऔं, आम्दानी बढाऔं’ कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाउने भएको छ । भौतिक पूर्वाधार तर्फ सवै वडामा बाह्रै महिना चल्ने गरी सडक स्तरउन्नती गरिने, यात्रुवाहक सवारी नियमित गर्दै भाडादर नियमन गरिने, ‘एक घर, एक धारा’ कार्यक्रम नियमित सञ्चालन गरिने, फोहोरको राम्रो व्यवस्थापन गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने, नगरपालिका भित्र २ वटा चत्रपथ, मुसिकोट दरबार, मालिका, शालिमे दह, ढोडेनी सहिदपार्क, ग्वादीका चौर खेल मैदान, स्मालिथान पार्क, थुम पिकनिक स्थल, भुकुवा चौरको प्राविधिक शिक्षालय, स्वाँरा होमस्टे, आँपचौर नमुना वस्तीलाई मुसिकोट गौरवका योजनाका रुपमा अगाडि बढाउने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रत्येक वडामा कम्तिमा एउटा स्मार्ट मनोरञ्जन पार्क निर्माण गरिने, ४० प्रतिशत जनसहभागितामा नगरपालिका भर सिँचाई कुलो निर्माण तथा मर्मत गरिने, काठका पोल विस्थापित गर्ने, सवै वडामा विद्युतको राष्ट्रिय प्रशाण जोड्ने, भुउपयोग निति अवलम्बन गर्ने लगाएतको काम पनि निति कार्यक्रममा समेटिएको छ ।

मानव क्षमताको आधार शिक्षा पूर्वाधार भन्ने राष्ट्रिय निति अनुरुप शैक्षिक व्यवस्थापन व्यवस्थित गर्ने, वालशिक्षा सहयोगी कार्यकर्ता, विद्यालय कर्मचारीको तलब वृद्धि गरिने, नगरपालिका भित्र कम्तिमा एक जना एमविविएस चिकित्सकको व्यवस्था गर्ने, ८४ वर्ष पुरा भएका जेष्ठ नागरिकलाई घरमै गई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने, दलित समुदायमा रहेको परम्परागत सीपलाई आधुनिकिकरण तथा व्यवसायीकीकरण गर्ने, एक वडा, एक पहिचान कार्यक्रम सञ्चालन गर्ने, कोभिड १९ को महामारीसंग जुध्ने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, सेवालाई छिटो र पारदर्शी बनाउन, योजना कार्यान्वयन तथा खरिद परामर्श समिति गठन गर्ने पनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

आज नै निति तथा कार्यक्रम पास भएपछि उपमेयर कमला शर्माले आर्थिक वर्ष ०७७/७८ को लागि ६२ करोड ४० लाख १० हजार बरावरको बजेट नगरसभामा प्रस्तुत गरिन् । प्रस्तावित वजेटमा चालु खर्च तर्फ ३९ करोड २ लाख ४२ हजार विनियोजन गरिएको छ भने पुँजिगत तर्फ २३ करोड ६७ लाख ६८ हजार विनियोजन गरिएको छ ।

जसमध्य आर्थिक विकास तर्फ ७ करोड २४ लाख ९० हजार, कृषि तर्फ २ करोड १९ लाख ३५ हजार, पशुपंक्षि विकास तर्फ १ करोड १४ लाख ७० हजार, पूर्वाधार विकास तर्फ ९ करोड ६६ लाख ७५ हजार वजेट विनियोजन गरिएको छ । आज पेश भएको बजेट माथि असार १५ गते वस्ने नगरसभामा छलफल हुने कार्यक्रम रहेको छ ।

प्रस्तावित बजेटको पुर्णपाठ :

नगर सभाका सम्पूर्ण सदस्य ज्यूहरु

कर्मचारी तथा उपस्थित सम्पूर्ण महानुभावहरु,

१. कोरोना भाइरस (कोभिड १९ ) वाट सिर्जित विश्वव्यापी महामारीका कारण उत्पन्न असहज परिस्थितिका बीच आज म आर्थिक वर्ष २०७७।७८ को नीति तथा कार्यक्रम यस गरिमामय नगर सभा समक्ष प्रस्तुत गर्न गइ रहेको छु । यस अवसरमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनका निम्ति अमूल्य जीवन सहादत्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात विर सहिदहरुलाइ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । परिवर्तन, क्रान्ति,
देश निर्माण, गणतन्त्र स्थापना गर्न विभिन्न क्षेत्रमा खट्नु हुने, राजनैतिक तथा सामाजिक परिवर्तनमा नेतृत्वदायि भुमिका निर्वाह गर्नुहुने सबै अग्रजहरु प्रति सम्मान प्रकट गर्दछु ।

२. कोभिड १९ का कारण विश्वभर संकट पैदा हुनुका साथै उल्लेख्य रुपमा जनधनको क्षति भएको छ ।नेपालमा संक्रमण फैलन नदिन गरिएको बन्दाबन्दी बीचमा हाम्रो नगरपालिकामा संक्रमण देखा पर्न थालेको छ । यस महामारीका कारण अहिलेसम्म नगरपालिका भित्र कसैले ज्यान गुमाउनुपरेको छैन र संक्रमण नियन्त्रण भित्रै रहेको छ । संक्रमण फैलिन नदिन बाहिरवाट आएका ब्याक्तिलाइ क्वारेन्टिन तथा
आइसोलेसनमा राखि आवश्यक परिक्षणको ब्यबस्था मिलाइएको छ । यस विपदको वेलामा सवै पक्ष अत्यन्त संवेदनसील रही मानव सेवामा जुट्न हार्दिक अनुरोध गर्दछु ।

३. महामारी रोकथामका लागि अपनाइएको बन्दाबन्दी, भौतिक दुरी लगायतका उपायहरुको पालना गर्दै यसको रोकथाम र नियन्त्रणको अग्रमोर्चामा खट्नुहुने स्वास्थकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, शिक्षक ,राजनीतिक दल, पत्रकार, स्वंयमसेवी,क्लव, आमा समुह तथा व्यवस्थापन कायममा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छ ु। साथै यस महामारीबाट भयभित र त्रसित नभइ उच्च आत्मवलका साथ
यस महामारी बिरुद्धको लडाईमा विजय प्राप्त गर्न आत्म विश्वासका साथ धैर्यतापूवक जुट्न सबैलाई
आह्वान गर्दछु ।

४. नेपालको संविधान बमोजिम मुसिकोट नगरपालिका स्थापना भई संविधानले दिएका अधिकारहरुको व्यापक, समन्यात्मक र प्रतिफलयुक्त अभ्यास गर्दै मुसिकोट नगरपालिकालाई समृद्धीको बाटोमा अगाडी बढाउने दृढ संकल्पका साथ निर्वाचित हामी जनप्रतिनिधिहरुले काम गर्न लागेको तीन वर्ष पुरा भएको छ। मुसिकोट नगरपालिकाको चौतर्फी विकासको बाटो खोली सम्पूर्ण नगरबासीहरुलाई संघियताले प्रदान
गरेको अधिकारको महशुस गराउनुको साथै नगरपालिकालाई समृद्धिको बाटोमा डो¥याउनको लागि यस अवधिमा मुसिकोट नगरपालिकाले अगाडि सारेका नीति तथा कार्यक्रमहरु लागु गर्न सहयोग गर्नुहुने जनसमुदाय, सघं संस्था जनप्रतिनिधि साथीहरु, कर्मचारी, राजनैतिक कर्मी, शिक्षक, बृद्धिजिवी, व्यापारी, पत्रकार, सुरक्षाकर्मी सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।
नगर सभाका सम्पूर्ण सदस्य ज्यूहरु,

५. संघीयता नेपालकै सन्दर्भमा नौलो अभ्यास रहेको हुंदा केही समय यस नौलो ब्यवस्थाका अभ्यासहरुको सिकाइमा समय खर्च हुन गएतापनि जनताको घर आगनको सरकार हुनुको नाताले जनताका प्रत्यक्ष सरोकारका विषयमा सरकार लागि रहेको छ । जसले गर्दा स्थानीय नागरिकहरुले स्थानीय सरकारको अनुभुती गर्न सक्ने अवस्था श्रृजना भएको छ ।

६. खानेपानी तथा सरसफाई कार्यक्रमलाई नगरपालिकाको उच्च प्राथमिकताको रुपमा स्वीकार गर्दै दिगो खानेपानी अवधारणा अनुसार एक घर एक धारा नीति अनुरुप संचालित खानेपानी योजनाहरुको लागि बजेटको सुनिश्चिता गरि एकघर एक धारामा जाने सबै योजनाहरुलाई दिगो खानेपानी सञ्चालन

“कृषि, पर्यटन, पूर्वाधार र रोजगार समृद्ध मुसिकोट नगरपालिकाको आधार” कार्यविधि अनुसार संचालन गर्ने नीति अनुरुप जनताका प्रत्यक्ष अनुभुत गर्ने गरि खानेपानी योजनाहरु धमाधम संचालनमा रहेका छन ।

७. चालुआर्थिक वर्षमा मुसिकोट नगरपालिका खरका छाना मुक्त नगरपालिका बन्ने अन्तिम चरणमा रहेको छ । भने कृषि, यन्त्र, उपकरण, हाते ट्याक्टर, चापकटर, दुध दुहुने मेसिन, घाँस काट्ने मेसिन, मकै छोड्याउने मेसिन, पिस्ने कुट्ने मेसिन, खाल्डो खन्ने उपकरण जस्ता सबै यन्त्र, उपकरण, मेसिनमा कृषकलाई ५० प्रतिशत अनुदान दिई यान्त्रीकरण गर्ने नीतिलाइ थप शसक्त बनाइएको छ ।

८. न्याय सम्पादन तथा मेलमिलापलाई उच्च प्राथमिकतामा राखी प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन रमेलमिलापकर्तालाई तालिम दिइ न्यायलाई छिटो छरितो बनाउने कार्यमा नगरपालिका अग्रसर रहेको
कुरा नगरवासीले अनुभूत गरेका छन ।

९. स्वारा होमस्टेलाई व्यवस्थित गरी व्यवसायिकीकरण गरिएको छ भने मालिका मन्दिर, मुसिकोट दरबार, सालिमे दहलाई संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटक प्रवध्र्दनमा सहयोग भएको छ । मुसिकोट
दरबार, मालिका मन्दिर, सालिमे दह, ढोडेनी बगर शहिद पार्क, स्मालि थान पार्कको विस्तृत परियोजना
प्रतिवेदन(डि.पि.आर) तयार गरिएको छ ।

१०. चौविसै घण्टा संचालित वर्थिङ्ग सेन्टरहरुको लागि आधुनिक डेलिभरी टेवलको वितरण ,वर्थिङ्ग सेन्टरको लागि सोलार सिस्टम वितरण गरिएको छ । थामडाँडा सहरी स्वास्थ्य केन्द्र,पेगा सहरी स्वास्थ्य केन्द्र, वरदान शहरी स्वास्थ्य केन्द्र, वामीमैदान शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएका छन् । आँपचौर स्वास्थ्य चौकी र पौदी अमराइ स्वास्थ्य चौकीमा वर्थिङ्ग सेन्टरको सुविधा थप गरि स्वास्थ्य क्षेत्रमा केही
महत्वपूर्ण उपलव्धी प्राप्त गर्न सफल भएका छौ ।

नगर सभाका सम्पूर्ण सदस्य ज्यूहरु,

११. अब म आर्थिक वर्ष २०७७।७८ को नीति तथा कार्यक्रम यस गरिमामय नगर सभा समक्ष प्रस्तुत गर्दछु ।

१२. नरपालिका क्षेत्र भित्र संचालन हुने यात्रुबाहक सवारी नियमित, व्यवस्थित गरिनुका साथै यात्रु भाडा दरदुरीको आधारमा सरोकारवालाहरुको सहयोगमा समाधान गरिने नीति लिईने छ । प्रत्येक वडाका
सडकहरु सवै मौसममा चल्न सक्ने बनाइनेछ ।

१३. खानेपानी तथा सरसफाई कार्यक्रमलाई नगरपालिकाको उच्च प्राथमिकताको रुपमा स्वीकार गर्दै दिगो खानेपानी अवधारणा अनुसार एक घर एक धारा नीति अनुरुप संचालित खानेपानी योजनाहरुको लागि बजेटको सुनिश्चिता गरिनेछ । साथै एकघर एक धारामा जाने सबै योजनाहरुलाई दिगो खानेपानी सञ्चालन कार्यविधि अनुसार संचालन गर्ने नीति लिईनेछ ।

१४. फोहोरमैला उत्सर्जन गर्न उत्पादन स्थलमा नै कुहिने र नकुहिने फोहर छुट्याउने र कुहिने फोहोरमैला मल बनाई करेसाबारी प्रयोग गर्ने गराउने बनाइनेछ भने नकुहिने फोहोर परिप्रयोगलाइ जोड दिइनेछ । बजार क्षेत्रमा फोहोरको राम्रो व्यवस्थापन गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने नीति लिइनेछ ।

१५. नगरपालिकाका वडा नं. १, २, ३ र ४ समेट्ने, वडा नं. ५, ६, ७, ८ र ९ समेट्ने गरी निर्माण हुने दुई वटा चक्र पथ, मुसिकोट दरबार, मालिका, शालिमे दह, ढोडेनी सहिद पार्क, ग्वादीका चौर खेल मैदान, स्मालीथान पार्क, थुम पिकनिक स्थल, भुकुवा चौरको प्राविधिक शिक्षालय, स्वाँरा होमस्टे, आँपचाौर नमूना बस्तीलाई मुसिकोट गौरबका योजनाका रुपमा अगाडी बढाईनेछ ।
“कृषि, पर्यटन, पूर्वाधार र रोजगार समृद्ध मुसिकोट नगरपालिकाको आधार”

१६. बस पार्क, वामीटक्सार पार्क, जेष्ठ नागरिक विश्राम तथा मनोरञ्जन पार्क, उद्योग ग्राम, फोहोर प्रशोधन केन्द्र, प्रत्येक वडामा (बगैचा, पोखरी, प्रतिक्षालय, पैदल मार्ग भएको) कम्तिमा एउटा स्मार्ट मनोरञ्जन
पार्क निर्माण गरिनेछ ।

१७. नगरपालिका भरि ४० प्रतिशत जनसहभागिता जुटाई सिंचाई गर्नका लागि कुलोहरु निर्माण, मर्मत तथा व्यवस्थापन गर्ने काम तिव्रताका साथ अगाडी बढाईने छ । सिंचाईका लागि प्रयोग हुने जलाधार क्षेत्र, मुहान, खोल्सीहरुमा पानी रिजर्वका लागि अपनाईने संरक्षण पद्धती लागु गराईने छ । छोटो दुरीमा हुन सक्ने अवस्थामा लिफ्ट सिंचाई गराई सिंचित क्षेत्र विस्तार गरिने छ । खानेपानी तथा लिफ्ट सिंचाईमा
प्रयोग हुने मोटर, पाईप र वाईरिङ्गकोमहशुलमा संघीय सरकारले दिनेअनुदान छुटलाइ उपलब्ध गराइन
सहजीकरण गरिनेछ ।

१८. नगरपालिकाको सबै बस्तीमा राष्ट्रिय प्रशारण लाईनको विस्तार गरिने छ । नगरपालिका भित्र रहेका सम्पूर्ण साना तथा लघु जलविद्युत आयोजनाहरुलाई एकीकृत गर्दै ग्रीडिङ, विद्युत प्राधिकरण सँग समन्वय गरी विक्रीको सुनिश्चित गर्ने काम अगाडी बढाईने छ । सम्पूर्ण काठका पोल विस्थापन गरिनेछ । सामुदायिक विद्युतीकरणको प्रणाली सुधारका लागि ९० प्रतिशत र १० प्रतिशत साझेदारीमा काम
गरिनेछ ।

१९. भु–उपयोग नीति अवलम्बन गरी कृषि क्षेत्र, बन क्षेत्र, आवासिय क्षेत्र, व्यवासायिक क्षेत्र, औद्योगिक क्षेत्र, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र, सार्वजनिक तथा खुल्ला क्षेत्र, निर्माण समाग्री उत्खन्न क्षेत्र, खानी तथा खनिज क्षेत्र आदि पहिचान गरी संरक्षण, उपयोग र व्यवस्थापन गरिनेछ । नगरपालिका भित्र भूमि बैङ्क स्थापना गरिनेछ । कृषि, उद्योग गर्न चाहाने व्यवसायिलाई उक्त भूमि बैङ्कमा प्राप्त जग्गा सुलभ
तरिकाले उपलब्ध गराउने नीति लिईनेछ ।

२०. कृषि, स्थानीय कच्चा पदार्थमा आधारित साना तथा घरेलु उद्योग, पर्यटन प्रवद्र्धन सँग जोडिएको व्यवसाय, हस्तकला उद्योगलाई लगानीको अभाव हुन नदिन व्यवसाय ऋणको व्याजमा ५० प्रतिशत अनुदान दिने व्यवस्था मिलाईने छ । कृषि, यन्त्र, उपकरण, हाते ट्याक्टर, चापकटर, दुध दुहुने मेसिन, घाँस काट्ने मेसिन, मकै छोड्याउने मेसिन, पिस्ने कुट्ने मेसिन, खाल्डो खन्ने उपकरण जस्ता सबै यन्त्र,उपकरण, मेसिनमा कृषकलाई ५० प्रतिशत अनुदान दिई यान्त्रीकरण गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।

२१. बेमौसमी तरकारी खेती उत्पादनका लागि टनेल प्लाष्टिकमा ९० प्रतिशत अनुदान दिईने नीतिलाई निरन्तरता दिइएको छ । प्लाष्टिक पोखरी निर्माणका लागि प्लाष्टिकमा दिईने ८० प्रतिशत अनुदानलाई निरन्तरता दिईएको छ । उद्यमी महिला समूहलाई विउ पुँजी र प्रस्तावमा आधारित अनुदान रकम उपलब्ध गराउने कामलाई निरन्तरता दिइनेछ ।

२२. कफिलाई नगरपालिकाको मुख्य बालिको रुपमा विकास गर्ने निति लिएको छ । कफिको जननी मुसिकोट नगरपालिकालाई राष्ट्रिय पहिचान दिन कफि लागाऔँ आम्दानी बढाऔँ कार्यक्रम संचालन गर्दै कफि
बगैचाहरु निर्माण गर्ने नितिलाई निरन्तरता दिइनेछ ।

नगर सभाका सम्पूर्ण सदस्य ज्यूहरु,

२३. “मानव क्षमताको आधारः शिक्षा” पूर्वाधार भन्ने शिक्षाको राष्ट्रिय नीतिअनुरुप मुसिकोट नगरपालिकाको शैक्षिक व्यवस्थापनलाई व्यवस्थित गरिनेछ । विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका सबै विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गरिने अभियानलाई निरन्तरता दिइनेछ । विद्यालयमा सफ्टवेयर प्रणाली, विद्यालय डिजिटलाइजेशन, भर्चअल कक्षा सञ्चालन जस्ता क्रियाकलाप सञ्चालन गरीनेछ ।
विद्यालयहरुको रङ्गरोगनमा एकरुपता ल्याईनेछ

 
 
  
 

You may also like