नेपाली काङ्ग्रेस मुसिकोट गुल्मीद्वारा कोरोना लक्षित बजेट ल्याउन माग

गुल्मी। नेपाली कांग्रेस मुसिकोट नगर कार्य समितिले कोभिड-१९ केन्द्रीत बजेट ल्याउन नगरपालिकालाई आग्रह गर्ने निर्णय गरेको छ। आर्थिक बर्ष २०७७/७८ को मुसिकोट नगरपालिकाको बजेट घोषणा हुने दिनको पुर्व सन्ध्यामा बसेको नेपाली कांग्रेसको बैठकले बजेटको बाडफांडको बिषयमा प्रमुख प्रतिपक्षी दलको सुझाब लिने काम समेत नगरेको भन्दै नगरपालिका स्वेछाचारी ढंगले अगाडि बढ्न खोजेको आरोप लगाउदै प्रतिपक्षको सकारात्मक सुझावलाई सुनुवाई गर्न आग्रह गरेको हो।

नेपाली कांग्रेस मुसिकोटले नगर क्षेत्रमा पर्याबरणीय असरको मुल्यांकन नगरी डोजर चलाउने काम भएको कारण थुप्रै बस्तिहरु पहिरोको जोखिममा परेको र पिडित परिवारलाई राहत नदिईएको भन्दै जथाभावी डोजर चलाउने कार्य अबिलम्ब रोक्न आग्रह गरेको छ।

मुसिकोट नगरपालिकाको वडा न ४ मा सडक निर्माणकैै नाममा अनावश्यक डोजर चलाउने नाममा थुप्रै घरहरु उच्च जोखिममा परेका छन् भने वडा न १,३ र ७ मा पनि पहिरोले केही घरहरु जोखिममा परेका छन्। नेपाली कांग्रेसले जोखिममा रहेका ती बिस्तापित घरहरुलाई अबिलम्ब सुरक्षित गर्न नगरपालिकालाई आग्रह गरेको छ।

त्यस्तै योजना छनौटका कामहरुमा जनसहभागिता शून्य भएको र प्रस्ताबित योजनाहरुको रकम जनप्रतिनिधिलाई भत्ता दिने गरि घटाउन खोजिएको प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको हो। बैठक पश्चात पत्ररकार तथा सञ्चारकर्मीहरूलाई बैठकका निर्णय बारे जानकारी गराउदै नेपाली कांग्रेस मुसिकोटका सचिव मोहन घिमिरेले नेपाली कांग्रेसले कोभिड(१९ केन्द्रीत बजेट ल्याउन आग्रह गरेको जानकारी दिए। उनले बिनासर्त नगरमै पिसिआर परिक्षणको व्यबस्था गर्न नगरले बजेट बिनियोजन गर्नु पर्ने बताए।उता नोबेल कोरोना भाईरस अर्थात् कोभिड १९को प्रत्यक्ष मारमा परेका र बैदेशिक रोजगारबाट फर्किएका वा बन्दाबन्दीको प्रभाबमा परेका मुसिकोटबासीहरूका लागि कृषि क्षेत्रमा अति प्रभावित भएको भन्दै नेपाली कांग्रेस मुसिकोटले उत्पादनमा आधारित अनुदान र बजार व्यवस्थापन गरि कृषि क्षेत्रलाई ब्यबसायीमुखी र गतिशिल बनाउने तर्फ नगरको बजेट केन्द्रीत हुनु पर्ने निर्णय गरेको सचिब घिमिरेले जानकारी गराउनुुुुभयो।

उहाकाअनुसार नगरपालिकाका क्वारेन्टीनलाई थप व्यबस्थित गर्न, स्वास्थ्य सामाग्रीको प्रयाप्त प्रबन्ध गर्न रअग्रह पंक्तिमा रहेर यस्को सुरक्षामा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकलाई बजेट मार्फत अतिरिक्त भत्ताको व्यवस्था मिलाउन आग्रह गरेको छ।

त्यस्तै लामो समय देखि बालबिकास सहयोगी कार्यकर्ता र बिद्यालय कर्मचारीलाई न्यून पारिश्रमिकमा काममा लगाई श्रम शोषण गरिएको भन्दै अबिलम्ब उनिहरुको तलब भत्ता वृद्धि गर्न माग गरेको छ। लामो समयको लक डाउनको कारण न्यून बर्गिय परिवारमा गम्भीर आर्थिक संकट सृजना भएको भन्दै नेपाली कांग्रेस मुसिकोटले राहतका कार्यक्रम सुचारु गर्न माग गरेको छ।

मुसिकोट नगरपालिकाका विभिन्न स्थानमा सडक अबरुद्ध भएको कारण नागरिकले हप्तौ देखि दुस्ख पाउँदा पनि सडकको स्तरोन्नती नगरिएको भन्दै नेपाली कांग्रेसले त्यस्ता सडकहरु अनबरतरूपमा सुचारु गर्न माग गरेको छ। कांग्रेसले नगरको बजेटमा साधारण खर्च बढी देखिएको भन्दै त्यसमा सुधार गरि भत्ता, ईन्धन, भ्रमण लगायतका खर्च कटौती गर्न र कार्यालय सन्चालन गर्दा मितव्यिता कायम गर्न आग्रह गरेको जनाइएको छ।

मंगलबार सम्पन्न नेपाली कांग्रेस नगर कार्य समितिको बैठकले संगठनलाई गतिशिल बनाउन मोहन घिमिरेको संयोजकत्वमा तरुण तथा विद्यार्थी बिभाग, मिना जि।सीको संयोजकत्वमा महिला बिभाग र दिनेस खातिको सभापतित्वमा आर्थिक बिभाग गठन गर्ने निर्णय भएको जनाएको छ।

नेपाली कांग्रेस मुसिकोट नगर सभापती सुदर्शन शाक्यको सभापतित्वमा सम्पन्न भएको बैठकमा नेपाली कांग्रेस गुल्मीकी सचिव बिष्णु सापकोटा, पूर्व सचिव हरिनारायण सापकोटा, छांया सरकार प्रमुख झबिलाल भन्डारी सहित वडा सभापती र नगर कार्य समितिका सदस्यहरु लगायतको उपस्थितिरहेको थियो।

 
 
  
 

You may also like