नेपालमा एकैदिन ५३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो

काठमाडौं।नेपालमा सोमबार थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ९ हजार५६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ९ हजार ५६१ पुगेको जानकारी दिएका हुन् ।डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३७० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २१४२ पुगेको छ । ३२ महिला र ३८८ पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म २३ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

 
 
  
 

You may also like